१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Wednesday, 03 July, 2024
अशोक स्वैन
२o८o असोज ५ शुक्रबार o९:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आगामी चुनावमा ट्रम्प पुनः राष्ट्रपति चुनिन सक्छन्

Read Time : > 2 मिनेट
अशोक स्वैन
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o९:५७:oo

अमेरिकामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान सत्तारूढ राष्ट्रपति जो बाइडेनलाई हराउने सम्भावना थप बढिरहेको देखिन्छ । बाइडेन आफू राष्ट्रपति पदमा हुँदा मुलुकले व्यहोरिरहेको आर्थिक समस्या, छोरा हन्टरको कानुनी मुद्दा र बुढ्यौलीसँग सम्बन्धित आशंकालगायत विभिन्न समस्या झेलिरहेका छन् । यसबीच डोनाल्ड ट्रम्पले अमेरिकी राजनीतिमा उल्लेखनीय प्रभाव वृद्धि गरिरहेका छन् ।

बाइडेनको पुनः निर्वाचित हुने इच्छाको अवरोध भनेको लगातार घटिरहेको अनुमोदन मूल्यांकन हो । यो मूल्यांकनले उनको कार्यकालको चित्रण गरेको छ । हालैको एक सर्वेक्षणअनुसार उनको स्वीकृति मूल्यांकन मात्र ४२ प्रतिशत मात्रै रहेको छ । यो प्रतिशत अगस्ट २०२१ मा अफगानिस्तानबाट सेनाको पराजययुक्त फिर्तिपछि हुनुपर्ने न्यूनतम ५० प्रतिशतभन्दा मुनि झरेको हो । यसले अमेरिकी जनसंख्याको एक महत्वपूर्ण हिस्सा उनको कामसँग असन्तुष्ट छ भन्ने देखिन्छ ।

आर्थिक चासो पनि एक प्रमुख मुद्दा हो । बाइडेन प्रशासनमा मुद्रास्फीति उल्लेखनीय रूपमा बढेको छ, केन्द्रीय बैंकले बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयासमा ब्याजदर बढाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । जनताले आफ्नो दैनिक खर्चमा मुद्रास्फीतिको प्रभावलाई स्पष्ट रूपमा महसुस गरिरहेका छन् र यो आर्थिक असुविधाले निःसन्देह बाइडेनको अनुमोदन मूल्यांकन घटाउनमा भूमिका खेलेको छ ।

छोरा हन्टर बाइडेनको कानुनी मुद्दा र आफ्नो उमेरसँग सम्बन्धित विषयले पनि उनको चुनावी सम्भावनालाई प्रभाव पार्न सक्छ । हन्टर बाइडेनलाई लागेको संघीयस्तरमा बन्दुकको अपचलनसम्बन्धी आरोप र करछली एवं वैदेशिक व्यापारको अनुसन्धानले बाइडेन परिवार सन्देहको घेरामा परेको छ । नतिजा, धेरैले छोराको संदिग्ध काम र राष्ट्रपतिबीचको सम्भावित सम्बन्धबारे अनुमान लगाउन थालेका छन् । यी दाबीलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण त छैनन्, तथापि आमजनतामाझ सन्देह व्याप्त नै छ । 

यसबाहेक राष्ट्रपति बाइडेन अहिले ८० वर्षको उमेरमा पुनः चुनावका लागि उपयुक्त हुँदैनन् भन्ने मत पनि दिनानुदिन बढ्दो छ । उसो त राष्ट्रपति बाइडेनले आफ्नो चिकित्सकीय विवरण सार्वजनिक गरे पनि उनको संज्ञानात्मक क्षमता र भूमिकाका सम्बन्धमा आममानिसमा शंका छ । जनसंख्याको एक महत्वपूर्ण हिस्सा उनको सहनशीलता र मानसिक तीक्ष्णताबारे निश्चिन्त छैन । आगामी चुनावी अभियानमा यो अनिश्चितता उनीविरुद्ध प्रयोग हुन सक्छ ।

पुरातनपन्थी रिपब्लिकनले ट्रम्पमाथि लागेका अभियोगलाई राजनीतिक रूपमा उत्प्रेरित आक्रमणका रूपमा हेर्ने गरेकाले उनको चुनावी अपिल थप बलियो हुन पुगेको छ

यसबाहेक बाइडेनले आफ्नै पार्टीभित्रै पनि उत्साहजनक समर्थन पाएका छैनन् । किनभने, डेमोक्र्याटको एकतिहाइ सदस्यले मात्र उनलाई २०२४ को चुनावका लागि पार्टीको उम्मेदवारका रूपमा समर्थन गर्छन् । पार्टीको एक महŒवपूर्ण हिस्साले नेतृत्वको भूमिका ग्रहण गर्न युवा उम्मेदवारका लागि पैरवी गरिरहेको छ । युवा भए तापनि उपराष्ट्रपति कमला ह्यारिसको लोकप्रियता पनि खस्केको छ नतिजा डेमोक्र्याटिक पार्टी व्यावहारिक विकल्पका मामिलामा चुनौती व्यहोरिरहेको छ । ह्यारिसलाई चुनावी समीकरणबाट हटाउनु लगभग असम्भव नै हो किनभने यसले पार्टीको समर्थन आधारलाई छिन्नभिन्न पार्न सक्छ । डेमोक्र्याटसँग बाइडेन–ह्यारिसलाई सन् २०२४ को चुनावमा अघि सार्नुको विकल्प देखिँदैन । 

अर्कातर्फ भने ट्रम्प लोकतान्त्रिक व्यवस्थामा हमला गरेको, वित्तीय अपचलनलगायत विभिन्न कानुनी चुनौती एवं आरोपका बाबजुद पनि सन् २०२४ को रिपब्लिकन पार्टीको मनोनयनका लागि बलिया उम्मेदवार हुन् । रिपब्लिकनमाझ ८० प्रतिशतभन्दा बढीको समर्थनका कारण उनको चुनावी स्थितिलाई बलियो बनाएको छ ।

बाइडेनको दुर्भाग्य ट्रम्प रिपब्लिकन उम्मेदवारको परम्परागत भूमिकामा अट्ने मान्छे होइनन् अर्थात् उनको लोकप्रियता राजनीतिक घोटाला वा कानुनी जटिलताले घट्दैन । ट्रम्पले आफूलाई दक्षिणपन्थी लोकतान्त्रिक नेताको रूपमा चित्रण गरेका छन् र उनी आफ्ना उग्रसमर्थकलाई एक ठाउँमा ल्याउन पोख्त छन् । यी समर्थक आफ्ना नेतालाई ‘डिप स्टेट’ अर्थात् अत्याचारी राज्य वा ‘उदारवादी मिडिया’ले अनुचित ढंगले खेदेको भन्नेमा विश्वास गर्छन् । 

आरोप लगाउनेलाई बदनाम गरेर र ‘मिथ्या समाचार’को दाबीजस्ता रणनीति प्रयोग गरेर अनियमितताबाट विषयान्तर गर्न ट्रम्प माहिर छन् । सन् २०१६ मा सफल भएको र सन् २०२० मा धेरै क्षति नगरेको यो रणनीतिले जनतामा भ्रम पैदा गर्न सक्छ । हन्टर बाइडेन मामिलामा भइरहेको छानबिन गर्न हालै गरिएको विशेष सल्लाहकार नियुक्तिले ट्रम्पलाई आफ्नो कानुनी समस्याबाट जनताको ध्यान हटाउन थप सहयोग गर्ने सम्भावना छ ।

ट्रम्पको बाहुबली छवि उनको जनाधारमा प्रतिध्वनित हुन्छ । उनलाई तमाम आरोप सामना गर्न सक्ने एक दृढ लडाकुका रूपमा हेरिन्छ । युक्रेन द्वन्द्वमा अमेरिकी संलग्नताको विरोध गर्नेलाई आकर्षित गर्दै आफ्नो कार्यकालमा आफूले मुलुकको आर्थिक अवस्था बलियो बनाएको र मुलुक युद्धमा नहोमिएकोमा जोड दिन्छन् ।

ट्रम्पलाई पुरातनपन्थी मतदाता, ग्रामीण क्षेत्रका, न्यून आय भएका र कम शिक्षित रिपब्लिकन जनाधारको ठूलो हिस्साको समर्थन छ । यसबाहेक ट्रम्पले हिस्प्यानिक र गोरा रिपब्लिकनबीचको अगुवा भूमिका पाएका छन् । चाखलाग्दो के छ भने ट्रम्पका हालैका कानुनी मुद्दाले उनको समर्थनलाई कमजोर बनाएको छैन । वास्तवमा धेरै पुरातनपन्थी रिपब्लिकनले यी अभियोगलाई राजनीतिक रूपमा उत्प्रेरित आक्रमणका रूपमा हेर्छन् । नतिजा, ट्रम्पको चुनावी अपिल थप बलियो हुन पुगेको छ ।

हामीले सन् २०२४ को राष्ट्रपतीय चुनावको अनुमान गरिरहँदा रिपब्लिकनबीच ट्रम्पको निरन्तरको बढ्दो लोकप्रियताले उनलाई बाइडेनभन्दा थप फाइदाजनक स्थितिमा पुर्‍याएको स्पष्ट छ । बाइडेनले चुनौतीको सामना गरिरहँदा अमेरिकी राजनीतिमा ट्रम्पको बलियो लचिलोपना र अटल समर्थनले उग्र एवं प्रतिस्पर्धात्मक चुनावी लडाइँको सम्भावनाको सिर्जना गरेको छ । ट्रम्पले अर्को कार्यकालमा निर्वाचित हुने सम्भावना एक वास्तविक सम्भावना हो । 
(स्वैन स्विडेनको उप्सला विश्वविद्यालयका शान्ति एवं द्वन्द्वका प्राध्यापक हुन्) गल्फ न्युजबाट

ad
ad
ad
ad