१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ४ बिहीबार o७:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चाडपर्वलक्षित बजार अनुगमन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o७:१४:oo

प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित संयुक्त बजार अनुगमन सुरु गरेको छ । १ असोजबाट विभागको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालयलगायतको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन सुरु गरेको विभागले जनाएको हो ।

सोमबार एकैदिन संयुक्त अनुगमन टोलीले ३० व्यापारिक फर्ममा अनुगमन गरी चारवटालाई विभिन्न कसुरमा जरिवानाबापत ८० हजार रुपैयाँ तिराएको छ । अनुगमन भएका १० फर्मलाई नवीकरण, दर्ता इजाजतलगायतका कागजात माग गरिएको छ भने १६ फर्मलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।

त्यस्तै, कुलेश्वर क्षेत्रको एक होलसेल गोदाममा अनुगमन गर्दा चिनी र दालको बोरामा कैफियत देखिएको भन्दै गोदाममा सिल गरेको विभागले जनाएको छ । ‘बजारमा देखिने गैरव्यावसायिक क्रियाकलाप, उपभोक्ता ठगी, अनुचित व्यापारिक क्रियाकलाप, बिल–विजक जारी नगर्ने, न्यून गुणस्तरीय वस्तुको बिक्री–वितरणलगायतका क्रियाकलापलाई न्यूनीकरण गर्न तथा स्वच्छ बजार कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्न विभाग निरन्तर रूपमा क्रियाशील छ,’ जारी विज्ञप्तिमामा उल्लेख छ । विभागले हाल दैनिक कम्तीमा ६ टोली परिचालन गरी अनगमन गरिरहेको जनाएको छ ।

विभागले उपभोक्तालाई कुनै गुनासो गर्नुपर्ने टोल फ्री नम्बर ११३७ मा फोन गरी उजुरी टिपाउन पनि आग्रह गरेको छ । यसैबीच विभागले बुधबार सार्वजनिक बिदाका दिनसमेत माछामासु र तरकारी बिक्री गर्ने १६ पसलमा अनुगमन गरेको जनाएको छ । त्यसक्रममा ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको विभागले जनाएको छ ।