१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

द्रुत बस सेवा भोलिबाट सुरु हुँदै, मन्त्रीले गरे सडक लेनको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१३:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाका लागि निर्माण गरिएको सडक लेनको अनुगमन गरेका छन्। 

सरकारले भोलि (बुधबार)देखि काठमाडौंको रत्नपार्क हुँदै भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन गर्दै छ। मन्त्री ज्वालाले सक्रियतामा पाइलट प्रोजेक्टका रूपमा पहिलोपटक द्रुत बस सेवा सञ्चालन हुन लागेको हो। 

द्रुत सेवामा हाललाई २५ वटा सार्वजनिक बस चल्नेछन्। निकट भविष्यमा विद्यालयका बसहरूलाई पनि द्रुत बस लेनबाट चलाउने मन्त्रालयको तयारी छ। मन्त्री ज्वालाले भोलि बिहान साढे ९ बजे रत्नपार्कको शान्तिबाटिकाबाट सेवा उद्घाटन गर्नेछन् ।