शान्ति र बाटुकुमारीलाई जागरुक महिला सम्मान

आइतबार, ३१ भदौ, २०८०
डिजिटल संस्करण

मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरुक महिला सम्मान २०८० प्रदान गरिएको छ ।

सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा शनिबार एक कार्यक्रमबीच दुईजनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरुक महिला सम्मान प्रदान गरिएको हो । साहित्य र सहकारीको क्षेत्रबाट महिला सशक्तीकरणमा योगदान पुर्याएको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

रेडियोले स्थापनाकालदेखि नै तिजको सन्दर्भमा दुई महिलालाई जागरुक सम्मान प्रदान गर्दै आएको रेडियोका अध्यक्ष पराजुलीले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्री डिनाले चाडपर्वमा अनावश्यक खर्च नगर्न अनुरोध गर्दै संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन आग्रह गरिन् । 

See More On

सुझावित समाचार