१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १३:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिकित्सक कुटपिट घटना : संलग्न जो भए पनि कारबाही गर्ने प्रदेशमन्त्री जोशीको आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:११:oo

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सकमाथि भएको घटनाका दोषीलाई कारबाही गर्ने आश्वसन दिएका छन्। 

शनिबार बिहान बागमती प्रदेश सभा सचिवालयअगाडि धर्नामा बसेका चिकित्सकहरूलाई भेटी मन्त्री जोशीले दोषीलाई कारबाही गर्ने आश्वसन दिएका हुन्।

उनले चिकित्सकहरूलाई भयरहित वातावरणमा काम गर्ने अवस्थाको ग्यारेन्टी गर्दै घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताए। ‘घटनामा संलग्न र घटना गराउने अदृश्य पात्र जोसुकै भए पनि कारबाही हुन्छ। घटनाका विषयमा प्रहरी प्रशासनलाई गम्भीर भएर छानबिन गर्न निर्देशन दिइसकेको छु,’ उनले भने।

मन्त्री जोशीले चिकित्सकहरूलाई भयरहित ढंगबाट काममा फर्कने वातावरण बनाउनु प्रशासनको दायित्व भएको उल्लेख गर्दै उनले तत्काल भएका कमीकमजोरीलाई सुधार गरेर चिकित्सक र आमनागरिकले सुरक्षित जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा लाग्ने बताए।

उनले यस्ता घटना दोहोरिन नदिन पनि प्रशासनलाई निर्देशन दिएको बताए। ‘सरकार चिकित्सकमाथि भएको कुटपिटको घटनाको विषयमा गम्भीर छ। प्रक्रियागत रूपमा प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्छ। त्यसमा तपाईं विश्वस्त रहनुहोला,’ उनले भने।

ad
ad