रुपन्देही उद्योग संघको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशन आगामी असोज २९ गते सोमबार हुने भएको छ।
संघको कार्यसमिति बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको र आवश्यक तयारीका लागि विभिन्न उपसमिति तथा निर्वाचन समिति केही दिनमै गठन गर्ने निर्णय गरेको संघका महासचिव हरिबहादुर खत्रीले जानकारी दिए।
संघको विधानबमोजिम अधिवेशन हुनुभन्दा २१ दिन अघिसम्म नवीकरण भएका सदस्य उद्योगीहरूले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था भएबमोजिम नवीकरणको समयावधि असोज ८ गतेसम्म कायम गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताए।
संघको कार्यसमितिमा आजीवन, साधारण, एसोसिएट, महिला, संस्थागत र तहगत सहभागिता रहने व्यवस्था छ। २०३५ सालमा अग्रज उद्योगीहरूको पहलमा स्थापित संघमा जिल्लाका घरेलुदेखि ठूलासम्म गरी एक हजार ५३ उद्योगहरु आबद्ध रहेका छन्।