मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २६ मंगलबार १६:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २६ मंगलबार १६:५५:००

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन्। मंगलबार काठमाडौंमा १५औँ संस्करणको नाडा अटो साे उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन्।

हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशीलताको पूर्ण उपभोगबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको उल्लेख गर्दै उनले त्यो काम निजी क्षेत्रले गर्न सक्ने बताए। अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायबाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भूमिका हुने उल्लेख गरे।

सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको उनको दाबी थियो। ‘सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिएको छ। मुलुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुईमत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । समस्याहरू कम हुँदै गएका छन् । मुलुकको आर्थिक गतिविधिहरू बिस्तारै अगाडि बढ्छ । आर्थिक गतिविधिहरू अगाडि बढ्ने संकेतहरू देखापरेका छन्,’ उनले भने।

अर्थमन्त्री महतले देशको आर्थिक गतिविधिहरू बिस्तारै सुधार हुँदै गएको जिकिर गरे। पछिल्लो समय बाह्य मुद्राको सञ्चिति सुधार र पर्यटन वृद्धि भएको उनको भनाइ छ।