१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
२o८o भदौ २६ मंगलबार ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकले प्रदान गर्‍यो लक्ष्मणबाबु श्रेष्ठ छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार ११:४१:oo

महालक्ष्मी विकास बैंकले नक्सालमा रहेको नन्दी माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र सन्तोषकुमार मण्डललाई स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठ जेहेनदार छात्रवृत्ति प्रदान गरेको छ ।

महालक्ष्मी विकास बैंकसँग मर्जर भएको महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापित यो छात्रवृत्ति बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरत्न साहीले विद्यालयका प्रधानाध्यापक गीता काफ्लेलाई हस्तान्तरण गरेका हुन् । 

अध्ययनमा उत्कृष्ट, तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले ५० हजार रुपैयाँबराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ ।