१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २६ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २६ मंगलबार ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २६ मंगलबार ११:२o:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् । 

आज शोकवक्तव्य जारी गर्दै उनले  नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमानदार नेता गुमाएको उल्लेख गरे । 

‘०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसदमा सभामुख र  पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहनेछ,’ जारी शोकवक्तव्यमा भनिएको छ, ‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँकाे महत्त्वपूर्ण भूमिका थियो ।’

अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको बताए । उनकाे आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १:४० बजे हृदयघातका कारणले निधन भएको हो ।