मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २५ सोमबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचबुँदे मागसहित कञ्चनपुरका आरक्षपीडितले थाले माइतीघरमा भोक हडताल

.

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २५ सोमबार १८:३९:००

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरूले राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हडताल सुरु गरेका छन्।

आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको भन्दै पीडितहरूले सोमबारदेखि माइतीघर मण्डलामा भोक हडताल सुरु गरेका हुन्।

तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौँ परिवार विस्थापित गरे पनि अझै उनीहरूको पुनर्स्थापना हुन सकेको छैन। आरक्षपीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरू पुनर्स्थापनाका लागि पाँचबुँदे मागसहित भोक हडतालमा बसेका हुन्।

पीडितहरूले प्रतिपरिवार १० कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

भोक हडतालमा बसेका आरक्षपीडित संघर्ष समितिका सचिव भट्टले समस्या समाधान गर्ने भनेर प्रधानमन्त्रीदेखि कञ्चनपुरका जनप्रतिनिधिले आश्वासन मात्रै दिएको र पुनर्स्थापनाका लागि कुनै कदम नचालेकाले बाध्य भएर सडकमा आएको बताए। ‘अब माग पूरा नभएसम्म हामी पछि हट्दैनौँ। हामीमाथि राज्यको विभेदले सीमा नाघ्यो। यथाशीघ्र हाम्रो पुनर्स्थापना हुनुपर्छ,’      उनले भने।

आरक्षपीडितको नाममा राजनीतिक दलहरूको कमाइ खाने भाँडो अब बन्द हुनुपर्ने उनको     भनाइ छ।