Skip This
श्रम आप्रवासनसम्बन्धी समस्याका बारेमा १३ देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २५ सोमबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रम आप्रवासनसम्बन्धी समस्याका बारेमा १३ देशका राजदूतसँग प्रधानमन्त्रीको छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १७:३७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासनसम्बन्धी समस्या र समाधानका विषयमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन्।

सोमबार बिहानबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको पहिलो चरणको बैठक अपराह्नसम्म जारी रह्यो। बैठकमा वैदेशिक रोजगारसहित आप्रवासी नीतिहरूमा रहेको चुनौतीका बारेमा १३ देशका राजदूतहरूसँग छलफल गरिएको हो।

अन्तर्क्रियामा कूटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या समाधानबारे धारणा राखेका थिए। अन्तर्क्रियामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गरेका थिए।

पहिलो चरणको बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राजदूतहरूले आफ्नो आफ्नो मुलुकको समस्या र समाधानका उपायहरू बताएका जानकारी दिए।

उनले श्रम मन्त्रालयले राजदूतहरूले राखेका समस्या टिपेर राखेको र त्यसलाई समाधान गर्नेतर्फ र व्यवस्थित बनाउनेतर्फ आगामी दिनमा काम गर्ने बताए। मन्त्री भण्डारीले निर्देशिका, कार्यविधि परिवर्तन गरेर भए पनि वैदेशिक रोजगारलाई व्यवस्थित र रोजगारमा गएका श्रमिकको हक हित मानव अधिकारलगायतका सम्पूर्ण कुरा व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको प्रस्ट पारे।

सोमबार र मंगलबार गरी दुई दिन सञ्चालन हुने अन्तर्क्रियामा मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्नेछन्।