मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १४ सोमबार
  • Monday, 26 February, 2024
रासस काठमाडौं
२०८० भदौ २२ शुक्रबार १२:०१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी महिला टी–२० : नेपाल थाइल्यान्डसँग पराजित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० भदौ २२ शुक्रबार १२:०१:००

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

मलेसियाको युकेएम वाइएसडी ओभल रंगशालामा भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले  पराजित भएको हो। यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ।

थाइल्यान्डले दिएको एक सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदा ५९ रनमा समेटियो। नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन जोडिन् भने अप्सरी बेगम र कविता जोशीले समान १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्यान्डकी ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान तीन विकेट लिए भने नटाया बुचथमले दुई तथा फनिता माया र सुनिदा चतुरंगरत्नले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय पाँच रनको योगफल बनाएको थियो । थाइल्यान्डका लागि नानपाट कोन्चारोएनकाइले सर्वाधिक ५९ रनको योगदान दिइन् । उनले ६३ बलमा चार चौका प्रहार गरिन् । त्यस्तै नथाकन चान्थमले ३१ र चानिदा सुतिरुआङले अविजित ११ रन बनाए।

नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए। जितसँगै थाइल्यान्ड प्रतियोगिताको फाइनलमा पुग्दै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। 

नेपाल समूह ‘ए’ उपविजेता तथा थाइल्यान्ड समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।