१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २१ बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बगैँचाको हेरचाह गर्ने ६ तरिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार ११:१५:oo

धेरै जात र रङका फूलले बगैँचाको सुन्दरता बढाउनुका साथै रमाइलो वातावरण सिर्जना गर्छ । सुन्दर बगैँचा इज्जतको प्रतीक पनि मानिन्छ । नेपालमा हिजोआज बगैँचाका सौखिन पनि बढी छन् । मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्ने हुनाले बगैँचालाई ठूला रूख, फुल हेजले विभाजन गरेर आकर्षक बनाउन सकिन्छ । 

मौसमी फूल, ग्रिन प्लान्टदेखि बाह्रमासे फूल लगाएर पनि बगैँचा आकर्षक बनाउन सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिएर रोप्नु उचित हुन्छ । बगैँचालाई आकर्षक बनाउने केही तरिका : 

- फूल रोप्दा फूलको प्रजातिअनुसार दूरीको ख्याल राख्नुपर्छ । मौसमी फूललाई हेरचाह पनि गरिरहनुपर्छ । 

- फूलको बगैँचा मलिलो र उब्जाउ हुने जमिनमै बनाउनुपर्छ । बगैँचा बनाएपछि उक्त जमिनमा उम्रेको झारपात उखेल्नुपर्छ । 

- कुन मौसममा कस्तो फूल रोप्नेबारे अधिकांशलाई थाहा नहुन सक्छ । त्यसैले घरमा सधैँ आकर्षक देखिने मौसम र माटोसुहाउँदो फूल रोप्नुपर्छ । बगैँचामा १२ महिना फुल्ने र वार्षिक फुल्ने दुवैथरी फुल लगाउनुपर्छ । जसका कारण १२ महिना नै बगैँचामा फूल फुल्छ र घर आकर्षक देखिन्छ । यसका लागि नर्सरीमा राम्रोसँग बुझेर रोप्दा हुन्छ । 

- बगैँचामा थरीथरी रंगीन फूल लगाउँदा राम्रो हुन्छ । यसले बगैँचाको सुन्दरता पनि बढाउन सहयोग पुग्छ ।

- बगैँचालाई आकर्षक देखाउन काटछाँटमा विशेष ध्यान दिनुपर्छ । फूलसँगै उम्रने झार हटाइदिनुपर्छ । झारका कारण फूलमा रोग लाग्ने जोखिम पनि हुन्छ । त्यसैले बगैँचाको फूलको झार केलाउनु, मल हाल्नु, गोडमेल र काटछाँट गर्नुपर्छ ।

- बगैँचामा ३० देखि ६० दिनमा सुकेको पात निकालेर फ्याल्नुपर्छ, तीन पातलाई मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । गुणस्तरीय बिरुवाको छनोट, मौसम र हावापानीसुहाउँदो बिरुवा लगाउने, कुहिएको पात र फूललाई व्यवस्थापन गर्नुपर्छ । 

ad
ad
ad
ad