१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डन्डिफोर भएका मानिसले सेभिङ गर्दा यी कुरामा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४३:oo

कतिपय पुरुष दैनिक दाह्री काटेर फर्मल र स्मार्ट देखिन चाहन्छन् । जसले पुरुषलाई सुन्दर देखाउन पनि मद्दत गर्छ । तर, कतिपयको छाला संवेदनशील हुन्छ । जसका कारण सेभिङपछि विभिन्न समस्या आउने गर्छ । उसो त कतिपयको अनुहारमा पिम्पल्स (डन्डिफोर) पनि हुन्छ । यस्तो अवस्थामा सेभिङ गर्न निकै कठिनाइ उत्पन्न हुन्छ । यद्यपि, केही सावधानी अपनाएमा यसरी पिम्पलयुक्त अनुहारमा पनि सजिलै सेभिङ गर्न भने सकिन्छ ।

अनुहारको सफाइ
सेभिङ गर्नुभन्दा पहिला अनुहारलाई राम्रोसँग पानीले सफा गर्नुपर्छ । त्यसपछि नरम टावेललाई अनुहारमा केही बेरसम्म अँठ्याएर राख्नुस् । जसले तपाईंको अनुहारलाई मुलायम गराउँछ । यसो गर्दा अनुहारको रौँका जरा पनि खुल्छन् । जसले तपाईंको सेभिङलाई आरामदायी बनाउन सहयोग पुर्‍याउँछ ।

आयल मसाज 
त्यसपछि पनि सीधै सेभिङ गर्नुको साटो सेभिङ तेल (आयल)को प्रयोग गर्न सक्नुहुन्छ । यस्तो आयलले अनुहारमा राम्रोसँग मसाज गर्नुपर्छ । जसले अनुहारलाई नरम बनाउने गर्छ । यसले पनि तपाईंलाई सेभिङ गर्दा आराम मिल्छ । यसपछि रेजरले आरामसँग सेभिङ गर्न सकिन्छ । यसो गर्दा पिम्पल्सयुक्त अनुहारमा पनि सेभिङ गर्न कुनै पनि कठिनाइ उत्पन्न हुँदैन ।

अल्कोहल फ्री क्रिम
यदि तपाईंको अनुहारमा पिम्पल्स या अन्य खटिरा छन् भने सेभिङ क्रिममा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ । यसका लागि अल्कोहल फ्री सेभिङ क्रिमकै छनोट गर्नुपर्छ । तपाईंले यस्तो क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ, जसमा सेन्सेथिक तनाव हुन्छ । किनकि, यस्तो क्रिमले तपाईंको छालामा जलन उत्पन्न गराउने गर्छ । जहिले पनि नेचुरल ओयलको मात्रा बढी भएको सेभिङ क्रिमको छनोट गर्नुपर्छ ।

रेजर
यदि तपाईंको छाला बढी संवेदनशील छ भने सिंगल ब्लेड भएको रेजर प्रयोग गर्नुपर्छ । मल्टिपल ब्लेड भएको रेजरका कारण अनुहारमा भएको पिम्पल्स काटिने र फुट्ने सम्भावना बढी हुन्छ । सेभिङ गर्नुभन्दा पहिला र पछि एन्टिब्याक्टेरियल लोसनको सहयोगले सफा गर्न सकिन्छ ।

ad
ad