मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
हदिश खुद्दार जनकपुरधाम
तिवारी यादव वीरगन्ज
२०८० भदौ २० बुधबार ११:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जसपाबाट अलग भएको दुई वर्षपछि संगठन विस्तारको अभियान चलाउँदै लोसपा 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०८० भदौ २० बुधबार ११:०३:००

पछिल्लो समय राजनीतिक गतिविधिमा सक्रिय नरहेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले संगठन सुदृढीकरण र विस्तारका लागि ‘आर स्क्वायर (समीक्षा र सुधार) अभियान चलाउने निर्णय गरेको छ । 

जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको दुई वर्षपछि लोसपाले जिल्लादेखि बुथसम्म पार्टीको संगठन विस्तार गर्ने अभियान चलाउने भएको हो ।

लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टीले प्राविधिक कारणले लामो समयदेखि संगठन विस्तार र संगठन सुदृढीकरण गर्न नसके पनि अब जिल्लादेखि बुथसम्म पार्टीको संगठन विस्तार गरिने बताए । महोत्तरीको बर्दिवासमा भएको पार्टीको मधेश विस्तारित बैठकले पार्टीको संगठन विस्तार र सुदृढीकरण गर्ने निर्णय गरेको उनले बताए । लोसपाले केन्द्रीय समितिलाई केही दिनमै पूर्णता दिने निर्णय पनि गरेको छ । 

लोसपाले संघियतालाई संस्थागत गर्न सरकारसँग माग पनि गरेको छ । संविधानको अनुसूची ६ को दफा १ मै प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको बताउँदै अध्यक्ष सोनलले भने, ‘प्रदेश प्रहरी ऐन निर्माण भए पनि अहिलेसम्म कार्यान्वय हुन सकेको छैन । प्रदेश प्रहरी कार्यान्वय ल्याउनुपर्छ भन्ने लोसपाको जोडदार माग हो ।’

पाँच प्रदेश सांसदले बहिष्कार गरे बैठक
प्रदेशस्तरीय विस्तारित बैठकलाई लोसपाका पाँजजना प्रदेश सांसदले बहिष्कार गरेका छन् । लोसपा मधेश अध्यक्ष जितेन्द्र सोनल लामो समयदेखि पार्टीको कुनै गतिविधि नगरेको र सोनलकै व्यवहारको कारण पार्टी कमजोर हुँदै गएको आरोप लगाउँदै मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्मासहितका पाँच जना सासदले वैठक वहिस्कार गरेका थिए । मधेशमा लोसपाका नौजना सांसद रहेका छन् । त्यसमध्ये दलका नेता शर्मा, सांसद तथा प्रदेशका मन्त्री रमेशप्रसाद कुर्मी, रानी शर्मा तिवारी, उपेन्द्र महतो रूपा यादवले वैठक वहिष्कार गरेका हुन् । 

लोसपा स्रोतका अनुसार सोनल प्रदेश अध्यक्ष भएदेखि पार्टी कमजोर हुँदै गएको र पार्टीको गतिविधि नरहेको कारण कार्यकर्तामा निराशा फैलिएको आरोप लगाउँदै दलका नेता शर्माले वैठक वहिष्कार गरेका थिए । प्रदेशको विस्तारित बैठक गर्न सोनलले संसद्को लेवीबाट जम्मा हुने रकमबाट दुई लाख रुपैयाँ समेत माग गरेका थिए । शर्माले उक्त बैठकका लागि पैसा दिए पनि बैंठकमा भने सहभागी भएन ।

पार्टीको बैठकको व्यवस्थापन पार्टी अध्यक्षले गर्नुपर्ने हो, स्रोतले भनियो,‘ तर सोनलले पार्टीको बैठक गर्न पनि सांसदको लेबीको रकमबाट गरेकाले पनि दलका नेता शर्माले आपत्ति जनाएका थिए ।  यस सम्बन्धमा दलका नेता शर्माले कार्य–व्यस्थताका कारणले आफुले बैठकमा सहभागी नभएको बताए । उनले भने, ‘अरू माननीय के कारणले बैठकमा जानुभएन मलाई थहा भएन । तर, म कार्यवस्थाका कारण बैठकमा सहभागी हुन सकेन ।’

स्रोतका अनुसार वैठक हुनुभन्दा एक दिन अघि नै सोनलको क्रियाकलाप प्रति असन्तुष्टि जनाउँदै दलका नेता शर्मा, रानी शर्मा तिवारी, रमेश पटेल पार्टी अध्यक्ष महन्थ ठाकुरसँग भेटर बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । जवाफमा अध्यक्ष ठाकुरले असंंतुष्ट सांसदहरूलाई तपाईहरूको इच्छा भनेर पठाएका थिए ।