१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १९ मंगलबार
  • Wednesday, 26 June, 2024
२o८o भदौ १९ मंगलबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

पुटिन र एर्दोगनबीच ब्ल्याक सी ग्रेन सम्झौताबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १९ मंगलबार १३:१६:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ।

सोमबार रुसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच ब्ल्याक सी ग्रेनको सम्झौताबारे छलफल भएको हो। बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोगनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरूका लागि एक कदम अघि बढ्नु रहेको बताए।

एर्दोगन र पुटिनबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ। टर्की र रुसबीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोगनले बताए।

टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको रूपमा काम गरिरहेको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ad
ad
ad
ad