१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १७ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १७ आइतबार १५:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

३० जिल्लाका प्रहरी प्रमुख फेरिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १७ आइतबार १५:४२:oo

गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) तथा एक सय २० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । एसपी प्रमुख हुने १२ जिल्ला तथा डिएसपी प्रमुख हुने १८ जिल्लामा प्रहरी नेतृत्व फेरिएका हुन् ।

एसपी सरुवाअन्तर्गत कास्कीमा मोहन थापा, उदयपुरमा रमेश थापा, सुनसरीमा विपिन रेग्मी, नुवाकोटमा सञ्जयसिंह थापा, दाङमा रामबहादुर केसी, बारामा सुरेश काफ्ले, रौतहटमा महेन्द्रकुमार श्रेष्ठलाई पठाइएको छ । सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वीनवलपरासीमा नरहरि रेग्मी, कपिलवस्तुमा नवरत्न पौडेल, भक्तपुरमा वेद विष्ट, इलाममा वासुदेव खतिवडाको सरुवा भएको छ । पश्चिम नवलपरासीमा काजमा गएका एसपी काजीकुमार आचार्य तथा मकवानपुरका सीताराम रिजालको त्यहीँ सरुवा भएको छ ।

डिएसपी प्रमुख हुने पहाडी तथा हिमाली जिल्लाका प्रमुख पनि फेरिएका छन् । अर्घाखाँचीमा डिएसपी प्रतितसिंह राठौर, संखुवासभामा घनश्याम श्रेष्ठ, भोजपुरमा सुदीपराज पाठक, खोटाङमा पुरुषोत्तम खड्काको सरुवा भएको छ । कालिकोटमा अर्जुन केसी, प्युठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्रसिंह बोहरा, पर्वतमा खुमलाल भुसाल, डडेल्धुरामा दीपककुमार कार्की, बैतडीमा दीपक गिरी, सल्यानमा नवीन कार्कीलाई पठाइएको छ ।

मनाङमा फणीन्द्र रानाभाट, मुगुमा वीरेन्द्र थापा, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीनबहादुर घलेको सरुवा गरिएको छ । दार्चुलामा शिवबहादुर सिंह, पाँचथरमा हेमन्त भण्डारी क्षेत्रीको सरुवा भएको छ । त्यस्तै, विभिन्न इप्रका तथा प्रहरी वृत्तका प्रमुख पनि फेरिएका छन् । 

उपत्यकाका नौ प्रहरी वृत्तका डिएसपी फेरिए
शुक्रबार प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवामा उपत्यकाका नौवटा प्रहरी वृत्तका प्रमुख फेरिएका छन् । दरबारमार्ग वृत्तमा डिएसपी गोविन्द थापा तथा लैनचौर वृत्तमा चतुर्भुज ओझालाई खटाइएको छ । थापा प्रहरी महानिरीक्षकको सचिवालय तथा ओझा प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत थिए।

यसअघि दरबारमार्गमा कार्यरत डिएसपी कोपिला चुँडालको उपत्यका प्रहरी कार्यालय तथा लैनचौरका गणेणबहादुर बमको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। 

त्यस्तै, बौद्ध वृत्तमा राजु पाण्डे, गौशालामा केशव थेबे, नयाँ बानेश्वरमा शिवराज बुढाथोकी, महाराजगन्जमा अम्मरबहादुर थापा क्षेत्री, स्वयम्भूमा पूर्णिमा चन्द, मालीगाउँमा इन्द्रप्रसाद सुवेदी तथा जगातीमा दीप्ति कार्कीलाई सरुवा गरिएको छ।

महाराजगन्ज वृत्तका अंगुर जिसीको जिल्ला प्रहरी परिसर, काठमाडौं, मालीगाउँका अनिश कर्णको सुरक्षा सेवा व्यवस्थापन महाशाखा, स्वयम्भू वृत्तका राजबाबु महर्जनको जिप्रका धनकुटामा सरुवा भएको छ।

बौद्ध वृत्तका हरिबहादुर बस्नेत, गौशाला वृत्तका सञ्जीवबाबु खड्काको प्रहरी प्रधान कार्यालय, नयाँ बानेश्वरका निशान्त श्रीवास्तवको जिप्रका डोटी, जगातीका राजकुमार श्रेष्ठको जिप्रका काभ्रेमा सरुवा भएको छ । आवधिक सरुवाअन्तर्गत वृत्त प्रमुखहरू हेरफेर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ad
ad
ad
ad