१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o भदौ १४ बिहीबार १२:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धादिङमा लाखेजात्रा सुरु [तस्बिरसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १२:११:oo

धादिङमा लाखेजात्रा सुरु भएको छ। जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा पूजाआजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो। 

लाखे जात्राको शुभारम्भ गर्दै धादिङबेँसीमा लाखेनाच लगाइएको हो। धादिङमा पहिलोपटक पियानो किबोर्ड, धा बाजा बजाएर लाखेनाच लगाइएको हो। लाखेजात्रा नेवार समुदायको मौलिक जात्रा हो।

नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो। झिंगु नेवाः समाज धादिङको आयोजनामा कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्ने र पछिल्लो पुस्तामा पुर्‍याउने उद्देश्यले जात्राको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले बताए।

जात्रामा सहभागीहरूलाई टीका लगाई प्रसाद वितरण गरिएको छ। अन्य समयमा रोक लगाइएको, तर नेवारी समुदायमा पूजाआजा गर्दा प्रयोग गरिने सगुनसमेत सहभागीहरूलाई दिएर जात्राको रौनक र नेवारी समुदायको झलक दिएका हुन्।   

आज गाईजात्रा मनाइँदै

‘गाईजात्रा’ सांस्कृतिक पर्व हो। गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाउने गरिन्छ। 

धादिङबेँसीमा मृत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटोसहित गाई निकाली लाखेजात्रा लगाइने झिंगु नेवाः समाज धादिङका अध्यक्ष गोविन्दकुमार श्रेष्ठले बताए। 

वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। 

तस्बिरः अर्जुन श्रेष्ठ/नयाँ पत्रिका