१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:३४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ अर्थतन्त्रको भविष्य कस्तो ?

आइएमएफका अनुसार आगामी वर्ष चीनको जिडिपी वृद्धिदर चार प्रतिशतभन्दा कम हुन सक्छ, यो विकास दर पछिल्लो चार दशकको तुलनामा आधाभन्दा बढी हो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३४:oo

चिनियाँ अर्थतन्त्रबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । तर, पछिल्लो एक रिपोर्टले देशकै ठूलो रियल इस्टेट कम्पनी कन्ट्री गार्डनले तीन लाखजनालाई रोजगारी दिँदै आइरहेको थियो । कम्पनीका अनुसार पहिलो ६ महिनामा ७.६ अर्ब डलर नोक्सान हुन सक्छ । कम्पनीले हङकङ स्टक एक्स्चेन्ज फाइलिङमा लगानीकर्तालाई चेतावनी दिँदै ६ महिनामा ६.२ अर्ब अमेरिकी डलर नोक्सानी हुने आकलन गरेको छ ।

गत वर्ष यही अवधिमा कम्पनीले करिब २६ करोड ५० लाख डलर कमाएको थियो । यो खुलासाले कन्ट्री गार्डनको आर्थिक संकटलाई उजागर गरेको छ । र, यसको तुलना विश्वकै ठूलो ऋणी रियल इस्टेट कम्पनी एभरग्रान्डेसँग गरिएको छ । यो कम्पनी लगभग हरिकंगाल भइसकेको छ । 

वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारअनुसार चीन आर्थिक गतिविधि निकै सुस्त हुने समयमा प्रवेश गरेको छ । अर्थशास्त्रीहरूका अनुसार चीनले वैदेशिक लगानी र व्यापारलाई खतराको खाडलमा धकेल्दै छ । र, यो संकटको प्रभाव दीर्घकालसम्म रहन सक्छ । कारण, चीनको विकास मोडेल अहिले भताभुंग अवस्थामा छ ।

बैंक फर इन्टरनेसनल सेटलमेन्ट्सको तथ्यांकअनुसार सरकार र सरकारी स्वामित्वका कम्पनीका विभिन्न स्तरसहित कुल कर्जा सन् २०२२ सम्म चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को करिब तीन सय प्रतिशत पुगेको छ । यो कर्जाले अमेरिकालाई पनि उछिनेको छ । अमेरिकाको कुल कर्जा सन् २०१२ मा जिडिपीको दुई सय प्रतिशतभन्दा तल थियो । 

देशको राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस)का अनुसार २०२३ को दोस्रो त्रैमाससम्म चीनको जिडिपी ५.५ प्रतिशत वृद्धि भएको छ । दोस्रो त्रैमासमा त्यहाँको जिडिपी ८.३ ट्रिलियन डलरम्म पुग्यो, तर त्यहाँको सरकारी मिडियाले भने दोस्रो त्रैमाससम्म कुल जिडिपी ६.३ प्रतिशत बढेको बताएको छ । यसैबीच, चीनले पनि यो वर्ष दोस्रोपटक एलपिआर कर्जा प्रदान दर १० आधार अंकले घटाएर ३.५५ प्रतिशतबाट ३.४५ प्रतिशत पुर्‍याएको छ । साथसाथै, अर्थतन्त्रमा आर्थिक वृद्धिलाई पुनर्जीवित गर्न पाँचवर्षे दरमा कुनै परिवर्तन गरेको छैन । यस्तो दर अहिले ४.२० प्रतिशत छ । 

चीन आर्थिक गतिविधि निकै सुस्त हुने समयमा प्रवेश गरेको छ । अर्थशास्त्रीहरूका अनुसार चीनले वैदेशिक लगानी र व्यापारलाई खतराको खाडलमा धकेल्दै छ । र, यो संकटको प्रभाव दीर्घकालसम्म रहन सक्छ । कारण, चीनको विकास मोडेल अहिले भताभुंग अवस्थामा छ ।

दशकौँसम्म चीनले कलकारखाना, गगनचुम्बी भवन र सडकमा लगानी गरी आफ्नो अर्थतन्त्र सञ्चालन गर्‍यो । यो मोडेलले विकासको असाधारण यात्रा तय गर्दै चीनलाई गरिबीबाट बाहिर निकालेर वैश्विक अग्रणी कम्पनीमा परिवर्तन गरिदियो । निर्यात विश्वभर फैलियो । तर, दुर्भाग्य नै भन्नुपर्छ, चीनको यो मोडेल अहिले छरपस्ट भएको छ । 


निजी क्षेत्रमा पनि गिरावट :  हङकङको हाङ सेङ (एचएसआई) मन्दीको चपेटामा छ । गत शुक्रबार जनवरीको उच्चतम स्तरबाट २० प्रतिशतभन्दा बढीले गिरावट आयो । यस्तै, चिनियाँ मुद्रा युआन पनि पछिल्लो १६ वर्षयताकै तल्लो स्तरमा पुग्यो । यो वर्षको सुरुवातमा चीनले कोभिड लकडाउन पूर्ण रूपमा हटाएपछि आर्थिक गतिविधि हुन थाले पनि विकास भने रोकिएको छ । उपभोक्ता मूल्यमा गिरावट आएको छ, रियल इस्टेट संकट गहिरिँदो छ । यस्तै, निर्यातमा पनि गिरावट आएको छ भने बेरोजगारी दर पनि भयावह छ । यही भयले सरकारले तथ्यांक प्रकाशित गर्न बन्द गरेको छ । नोमुरा मोर्गन स्टेनली र बार्कलेजका शोधकर्ताले पहिले गरेको अनुमानमा कटौती गरेका थिए । यसको अर्थ हो, चीन ५.५ प्रतिशतको आफ्नो विकास लक्ष्यबाट चुक्न सक्छ । 

रियल इस्टेट क्षेत्रमा बढ्दो घाटा :  चीनको अर्थतन्त्र अप्रिलयता मन्दीमा छ । तर, यो महिना देशकै ठूलो रियल इस्टेट (घरजग्गा) कम्पनी कन्ट्री गार्डन र शीर्ष ट्रस्ट कम्पनी झोङरोङ डिफल्ट भएपछि चिन्ता बढ्न थालेको छ । कन्ट्री गार्डनले दुई अमेरिकी डलर अनुदानको ब्याज भुक्तानी गर्न सकेको छैन । यसले लगानीकर्तालाई थप तनाव दिएको छ । चीनले रियल इस्टेट बजारलाई पुनर्जीवित गर्न कैयौँ उपाय सुरु गरेको त छ, तर यही क्षेत्रका ठूला कम्पनी पनि अब डिफल्टको स्थितिमा पुगेका छन् । 

स्थानीय सरकारको कर्जा :  चीनलाई अर्को ठूलो चिन्ता भनेको स्थानीय सरकारको कर्जा हो । घरजग्गा कारोबारमा गिरावट आउँदा भूमि बिक्रीबाट आउने राजस्व कम भएको छ । लामो समयसम्म जारी लकडाउनको नकारात्मक प्रभाव पनि चीनमाथि परेको छ । यी र यस्तै कारणले स्थानीय सरकारको कर्जा संकटलाई थप बढाएको छ । यो संकटले चिनियाँ बैंकलाई मात्रै जोखिम पैदा गर्दैन, विकासलाई गति दिने र सार्वजनिक सेवा विस्तार गर्ने सरकारको क्षमतालाई पनि प्रभावित पार्छ । सरकारले यो क्षेत्रलाई राहत मिल्ने कुनै कदम उठाउन सकेको छैन । अर्थशास्त्री एवं विश्लेषकका अनुसार वैश्विक वित्तीय संकटका वेला चीन आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन खोज्दा कर्जाको बोझले थङथिलो भएको छ । 

जनसंख्या गिरावट पनि चिन्ता :  चीनले केही दीर्घकालीन चुनौतीको सामना गरिरहेको छ । यसमा जनसंख्या संकट, अमेरिका र युरोपजस्ता प्रमुख व्यापारिक साझेदारको तनावपूर्ण सम्बन्धलगायत पर्छन् । त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले गरेको एक अध्ययनमा कुल प्रजनन दर गत वर्ष घटेर ऐतिहासिक तल्लो स्तरमा आएको छ । गत वर्ष १.०९ रहेको प्रजनन दर दुई वर्षअघि १.३० थियो । यसरी हेर्दा चीनको प्रजनन दर जापानको भन्दा पनि कम छ । यस्तै, वृद्धहरूको संख्या पनि उच्च छ ।

 मुडिज इन्भेस्टर्स सर्भिसले गरेको एक शोधअनुसार चीनको पुरानो जनसांख्यिकी आर्थिक विकासका लागि चुनौती बनेको छ । श्रम आपूर्तिमा गिरावट तथा सामाजिक खर्च बढ्दा राज्यकोष घाटा हुनेछ र यसले देशको कर्जाबोझ थप बढाउनेछ । 
त्यसो भए चिनियाँ अर्थतन्त्रको भविष्य के त ? : अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार आगामी वर्ष चीनको जिडिपी वृद्धिदर चार प्रतिशतभन्दा कम हुन सक्नेछ । यो विकास दर पछिल्लो चार दशकको अधिकांश समयको तुलनामा आधाभन्दा बढी हो ।

बेलायतस्थित शोध कम्पनी क्यापिटल इकोनोमिक्सका अनुसार चीनको ‘ट्रेण्ड ग्रोथ’ सन् २०१९ मा पाँच प्रतिशतले घटेर तीन प्रतिशत पुग्यो र यो सन् २०३० सम्म घटेर दुई प्रतिशत पुग्नेछ ।माथि उल्लिखित दरमा चीन २०३५ सम्म अर्थतन्त्रको आकारलाई दोब्बर गर्ने उद्देश्यमा चुक्नेछ । यसको अर्थ, विश्वकै ठूलो अर्थतन्त्र अमेरिकालाई चीनले आफ्नो दीर्घकालीन महात्वाकांक्षाअनुरूप उछिन्न सक्दैन । 

 

ad
ad