१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १३ बुधबार
  • Monday, 01 July, 2024
तस्बिर : एएफपी
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १३ बुधबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

बाबरले बनाए १९औँ शतक, पाकिस्तानी कप्तानको सुदृढ इनिङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १३ बुधबार १८:२२:oo

पाकिस्तानी कप्तान बाबर आजमले १९औँ शतक प्रहार गरेका छन्। एसिया कप २०२३ को पहिलो खेलमा नेपालविरुद्ध कप्तानी इनिङ खेल्दै बाबरले १९औँ शतक प्रहार गरेका हुन्। 

एक सय नौ बलको सामना गरेका बाबरले दश चौकाको मद्दतमा शतक प्रहार गरेका हुन्। ६५ रनको अवस्थामा करण केसीको बलिङमा केसीकै हातबाट उनको क्याच छुटेको थियो। 

५।३ ओभरमा २१ रनको अवस्थामा ओपनर ब्याटर फखर जमान आउट भएपछि बाबर क्रिजमा आएका थिए। उनी आएपछि ४ रन थप्दा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो।

यसपछि दबाबमा आएका वेला मोहम्मद रिजवानसँग ८६ रनको साझेदारी गर्दै उनले पाकिस्तानको इनिङ उकासेका थिए। 

टिमले एक सय ११ रन बनाउँदा रिजवान आउट भए। एक सय २४ रनको अवस्थामा पाकिस्तानले चौथो विकेट गुमायो। त्यसपछि बाबरले इफ्तियार अहमदसँग शतकीय साझेदारी गरिसकेका छन्। इख्तियार पनि अर्धशतक बनाएर खेलिरहेका छन्। यो उनको दोस्रो अर्धशतक हो।

ad
ad
ad
ad