१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारले खिचडीजस्तो बनाएर विधेयक पेस गर्‍याे : सोविता गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ८१ वटा ऐन आकर्षित हुने विधेयक अध्ययन गरेर ७२ घन्टाभित्र सांसदहरूले संशोधन हाल्न नसक्ने बताएकी छिन् ।मंगलबार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिकाे छलफलका क्रममा उनले यस्ताे बताएकी हुन्।

सांसदहरूलाई विधेयक पढ्ने मौकासमेत नदिई खिचडीजस्तो बनाएर संसदमा पेस गरेको भन्दै गाैतमले सरकारकाे आलोचना गरिन्। उनले भिनन्, ‘८१ वटा ऐनहरू कसरी पढेर, संशोधन गरेर यो ७२ घन्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने हामीलाई थाहा छैन। विभिन्न मन्त्रीजीहरूले मन्त्रालयअनुसार अलगअलग प्रस्तुत गर्नुपर्नेमा खिचडी बनाएर प्रस्तुत गरिएको छ।’

विधेयक जस्ताको तस्तै संसदमा पेस गरिएमा समेत सांसद गौतमले असन्तुष्टि जनाइन्। ‘अनौपचारिक ढंगले माननीय कानुनमन्त्रीज्यूसँग र वरिष्ठ नेताज्यूहरू, जो अहिले प्रतिनिधिसभाका सदस्य पनि हुनुहुन्छ । उहाँहरूसँग, विभिन्न दलका प्रमुख सचेतकज्यूहरूसँग, सरकारको विभिन्न साथीहरूसँग हामीले यो विषयमा पटकपटक अनौपचारिक तरिकाले यो व्यवस्थाप्रतिको प्रहार हुन्छ । यसरी प्रस्तुत नगराैँ है भनेर पटकपटक अनौपचारिक छलफलहरू पनि गर्‍याैँ । तर, त्यसको बाबजुद पनि आज यो यसरी प्रस्तुत भएको छ,’ उनले भनिन्।

साे विधेयक फिर्ता लिएर मन्त्रालयगत रूपमा सम्बन्धित मन्त्रीहरूले पेस गर्ने आवश्यक व्यवस्था मिलाउन गाैतमले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइन्।

ad
ad