एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनमा लक्ष्मी क्यापिटल नियुक्त

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

नियुक्तिसम्बन्धी सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्त र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेको जनाइएको छ ।

कम्पनीले हालको पुँजी एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँको प्रतिसेयर अंकित एक सय रुपैयाँ दरको १० कित्ता सेयरको अनुपातमा ६ दशमलव ६ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने जनाइएको छ ।

सुझावित समाचार