मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १० आइतबार १३:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वित्तीय साक्षरता बैंकरलाई पनि आवश्यक : गभर्नर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १० आइतबार १३:०३:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सर्वसाधारणसहित बैंकरहरूलाई पनि आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौंमा वित्तीय साक्षरतासम्बन्धी एक कार्यक्रममा बोल्दै उनले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताए। गभर्नर अधिकारीले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताए।

राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंकभित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको उनको भनाइ थियो। गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको औँल्याए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताए। आर्थिक गतिविधि चलायमान बनाउन सरकार र राष्ट्र बैंकले अग्रसरता लिन ढिलो गर्न नहुने उनको भनाइ थियो।