१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ १० आइतबार ११:१o:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

होमस्टे संस्कृति : ग्रामीण जीवन नियाल्ने अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार ११:१o:oo

नेपालमा पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकको संख्या बढ्दो छ । आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या पनि बाक्लो देखिन थालेको छ । आतिथ्य सत्कारमा आत्मीयता झल्कने तथा परिवारकै सदस्यजस्तो भएर बस्न पाइने भएकाले पनि होमस्टेमा पर्यटकको आकर्षण बढेको हो । होमस्टेमा बस्दा ग्रामीण जीवनलाई निकै नजिकबाट नियाल्न पाइन्छ ।

 साथै, अहिलेको समय हरियो सागसब्जी र तरकारीको मज्जा पनि लिन पाइन्छ । नौलो खाना टेस्ट गर्ने अवसर पाइन्छ । होमस्टेमा अर्गानिक खानपान गर्न पाइन्छ । जस्तो, तपाईं थकाली समुदायका व्यक्तिको घरमा बस्नुभयो भने थकाली भोजन वा गुरुङ समुदायका व्यक्तिले सञ्चालन गरेको होमस्टेमा बस्नुभयो भने गुरुङ संस्कृतिअनुसारको खानपान गर्न पाउनुहुन्छ । उनीहरूको भाषा र संस्कृतिबारे पनि तपाईंले धेरैभन्दा धेरै जानकारी लिन सक्नुहुन्छ ।

ठूला होटेलमा गाइड हुन्छन् । उनीहरूले तपाईंलाई त्यहीँ मात्रै घुमाउँछन्, जुन कुरा प्याकेजमा उल्लेख छ । वा उनीहरूले पनि त्यही कुरामा मात्रै जानकारी लिएका हुन्छन्, जसका लागि होटेल सञ्चालकले उनीहरूलाई पैसा तिरेका हुन्छन् । तर, होमस्टे सञ्चालकसँग तपाईंले आफूलाई मन परेको स्थानीय लोकेसनबारे सबै जानकारी लिन सक्नुहुन्छ । किनकि, होमस्टे सञ्चालक आफैँ स्थानीय हुन्छन् ।

उनीहरूसँग त्यस ठाउँबारे धेरैभन्दा धेरै जानकारी हुन सक्छ । तपाईंलाई थाहा नभएका आसपासका अन्य गन्तव्यका विषयमा पनि उनीहरूले जानकारी दिनेछन् । उनीहरूसँग पर्याप्त जानकारी लिएपछि कुनै सहयोगी लिएर वा एक्लै पनि तपाईं आफूलाई मन परेका ठाउँ घुम्न सक्नुहुन्छ । प्रकृतिसँग रमाउन सक्नुहुन्छ । एक स्थानीयजस्तै बनेर तपाईंले घुमफिर गर्न पाउनुहुन्छ ।