मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Thursday, 13 August, 2026
२o८o भदौ ८ शुक्रबार १३:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

विकिरणयुक्त फोहोर पानी समुद्रमा फालेपछि जापानमा चर्कियो आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार १३:५५:oo

जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल समुद्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ। 

जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागरआसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन्। साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन्। 

जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो। टेप्कोका अनुसार पहिलो चरणमा १७ दिनभित्रमा सात हजार आठ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताएको छ।

दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरू छन्, जसले समुद्री वातावरण र मानव स्वास्थ्यका लागि असर गर्छ। जापानको यो कदमसँगै छिमेकी देशहरू र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन्। 

(सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।)