मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० भदौ ८ शुक्रबार १३:२४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चार जलविद्युत् परियोजनाकाे लगानी स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० भदौ ८ शुक्रबार १३:२४:००

लगानी बोर्डकाे ५५औँ बैठक बसेकाे छ। शुक्रबार बसेकाे बोर्डकाे ५५औँ बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ।

साथै बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। 

त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा दुई सय ४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डाेल्मा हिमालय इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ। 

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा दुई सय ५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।

यसका अतिरिक्त, बोर्डको बैठकले ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट मल फ्याक्ट्री स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनिकाेला कम्पनीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।

बैठकमा बाेर्डका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियालाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिए।