१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o भदौ ८ शुक्रबार o७:२६:oo
Read Time : < 1 मिनेट
प्रवास प्रिन्ट संस्करण

एनआरएनए अध्यक्षमा अधिकारीको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार o७:२६:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबर १७ देखि २० सम्म हुने ११औँ महाधिवेशनमा उनले उम्मेदवारी घोषणा गर्दै नेपालमा लगानी भिœयाउन ५० अर्बको एनआरएनए कोष बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उम्मेदवारीसँगै २७ बुँदे प्रतिबद्धतापत्र जारी गरेका उनले पछिल्लो समय एनआरएनभित्र देखिएको विकृति र विसंगतिलाई हटाउने बताए । उनले भने, ‘अहिले चुनाव लड्नका लागि चर्को शुल्क लिने अमानवीय कार्यलाई परिवर्तन गर्नुपर्ने अवस्था छ, यसमा मेरो प्रयत्न रहनेछ ।’ 

गोर्खाको फुजेलमा जन्मिएका अधिकारीले हाल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा पिएचडी गर्दै छन् ।