Skip This
नवजात शिशु बिक्री प्रकरण : आरोपित डाक्टरसहित ६ जनालाई तीनवटा मुद्दा लगाउने तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २७ बिहीबार १२:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नवजात शिशु बिक्री प्रकरण : आरोपित डाक्टरसहित ६ जनालाई तीनवटा मुद्दा लगाउने तयारी

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:२५:oo

अस्पतालमा प्रसूति गराउन आएकी युवतीले जन्म दिएको नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका ६ आरोपीलाई मोरङ प्रहरीले तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

पक्राउ परेका विराटनगरका ६८ वर्षीय स्त्रीरोग विशेषज्ञ  डा. तपेश्वरलाल कर्णसहित उनको क्लिनिककी कर्मचारी सिराहा कल्याणपुर नगरपालिका– १२ की ३८ वर्षीया निर्मला यादव, प्रसूति गराउने ग्रिनक्रस अस्पतालकी कर्मचारी विराटनगर– ९ बस्ने ३३ वर्षीया सुधा राजवंशी, शिशुलाई जन्म दिने युवतीका प्रेमी भोजपुर हतुवागढी– ४ का २७ वर्षीय गोविन्द राई, शिशु खरिद गर्ने कटहरीकी ४६ वर्षीया दिलमाया राजवंशी र उनका छोरा सोही ठाउँका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई तीनवटा कसुरमा मुद्दा दर्ता गर्ने मोरङ प्रहरीले तयारी गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेका सबैजनालाई मानव बेपत्ता बनाएको, रकम लेनदेन गरी मानव बेचबिखन गरेको, संगठित अपराधमा संलग्न रहेको कसुरमा उनीहरूमाथि अदालतमा मुद्दा चलाउने गरी अनुसन्धान भइरहेको छ। ५ भदौमा पक्राउ परेका उनीहरूलाई प्रहरीले हाल मानव बेपत्ता बनाएको आरोपमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

यस घटनामा प्रहरीले ग्रिनक्रस अस्पताललाई पनि निगरानीमा राखेको छ। तत्काल प्रमाण नभएकाले सञ्चालकहरूलाई पक्राउ नगरे पनि अनुसन्धानले खुलाएमा पक्राउ गरेर मुद्दा दर्ता गराउने प्रहरीले जनाएको छ। फौजदारी कसुरमा घटना भएको स्थानका सञ्चालकहरूको संलग्नता देखिएमा भरपर्दो प्रमाण मानिन्छ।

शिशुको डिएनए परीक्षण गरिने 
मोरङ प्रहरीले ५ भदौ साँझ अस्पतालबाट गायब भएकी शिशुको सकुशल उद्धार गरेको छ। हाल मोरङ प्रहरीकै निगरानीमा रहेकी शिशुलाई आवश्यक प्रक्रिया पूरा गरी आमाको जिम्मा लगाउने र लगत्तै शिशुको डिएनए परीक्षण गराउने डिएसपी दाहालले बताए।

‘हामी पहिले सनाखतको सबै प्रक्रिया पूरा गराएर बच्चा आमालाई जिम्मा दिन्छौँ। त्यसपछि डिएनए पनि परीक्षण गराउँछौँ,’ डिएसपी दाहालले भने।

ad
ad