१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ६ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ६ बुधबार १२:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिनासँग जापानी संसदीय मैत्री समूहका सदस्यको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ६ बुधबार १२:४७:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गरेका छन्।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरू कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटका अवसरमा तिमिल्सिनाले नेपाल र जापान दुवै देशले प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदान–प्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुर्‍याएको विश्वास व्यक्त गरे।

जापान नेपालमा प्रत्यक्ष वेदेशिक लगानीको प्रमुख स्रोत देशहरूमध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको विकास प्राथमिकताका क्षेत्रहरूमा आगामी वर्षहरूमा जापानी लगानी बढ्ने आशा राखे।

भेटमा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। नेपाल पनि जापानमा हुने ‘वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान’मा सहभागी हुन लागेकोमा खुसी व्यक्त गर्दै त्यसले नेपालको पर्यटन, व्यापारलगायतका क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।