१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ५ मंगलबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिआइबीले बुझायो प्रतिवेदन, संगठित अपराध र किर्ते मुद्दामा करिब तीन सयजनामाथि मुद्दा चलाउनुपर्ने राय  

ललितानिवास जग्गा हिनामिना प्रकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ५ मंगलबार ११:४o:oo

ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

ललितानिवास जग्गा हिनामिनाको छानबिन सम्पन्न गरी सिआइबीले जिल्ला सरकारी वकिल कार्यालयलाई आज प्रतिवेदन बुझाएको एसपी नवराज अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार संगठित अपराध र किर्ते मुद्दामा करिब तीन सय प्रतिवादीमाथि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ। 

सिआइबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग आइतबार बेलुका घरमै पुगेर बयान लिएको थियो। यस्तै, सोमबार साँझ पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले सिआइबीको कार्यालय पुगेर बयान दिएका थिए।  

तस्बिर : संजित परियार/ नयाँ पत्रिका