१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ४ सोमबार १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिचानको आधारमा प्रदेशको नामकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार १३:३८:oo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणको विषयमा स्व. प्रदीप गिरिले दिएको विचारसँग नेपाली कांग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्। आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको उल्लेख गर्दै थापाले कोसी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए।

पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व. गिरिको विचार कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाको भनाइ छ।

‘प्रदीप गिरीले संविधान निर्माणको वेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खासगरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेसजस्तो मूल राजनीतिक पार्टीले नामकरणजस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदि यसलाई गर्‍याैँ भने हामीले समाजको द्वन्द्वलाई चिरकालसम्म मेट्न सक्छौँ भन्ने कुराको प्रेरणा प्रदीप दाइको भनाइबाट पाउन सक्छौँ,’ उनले भने।

महामन्त्री थापाले कांग्रेसलाई बदल्न जरुरी रहेकोमा जोड दिँदै त्यसका लागि पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको औँल्याए।