
अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ । रजिस्ट्रार सेवाअन्तर्गत अपर लोहोरेको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएका साधारण सेयरहरू सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिनेलगायत कार्य क्यापिटलमार्फत हुनेछ ।