१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस नेता भण्डारी डिस्चार्ज

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५१:oo

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट शुक्रबार ‘डिस्चार्ज’ भएका छन्। उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज गरिएको जानकारी दिए।
 
‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ उनले भने, ‘बिस्तारै–बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ।’ डा. नकर्मीले बाहिर संक्रमणबाट जोगाउनका लागि भण्डारीलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउन सुझाव दिए।

उनको शल्यक्रियाका लागि क्यानडाबाट आएका अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्रा.डा बिडी झा, प्रा.डा शंकरमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की, डा. प्रविन गिरी, डा. सुष्मा डंगाेल, मोहनकृष्ण डंगाेल र डा. प्रज्ज्वल श्रेष्ठ गरी ११ जनाको टोली उपचारमा संलग्न रहेको थियो। 

गत फागुन ३ गते राति आगलागीमा परेका सांसद डा. भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो। भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उनको गत वैशाख १९ गतेदेखि काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो।

ad
ad