१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १ शुक्रबार १३:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंकद्वारा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १३:१७:oo

एभरेष्ट बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वहरू तिज, दसैँ, तिहार र छठको अवसरमा नेपाली नागरिकका लागि  ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’को सुरुवात गरेको छ। भदाै १ देखि लागू भएको यस अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफरअन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरु हुनुका साथै घर निर्माणका लागि १०० प्रतिशतसम्म बैंक लगानी रहनेछ। सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा प्राप्त गर्नुका साथै विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहनेछ। साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा सेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ।

तीन महिनाका लागि लागू हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिनेछ। साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहकलाई नजिकैको शाखामा सम्पर्क राखी यस अफरको भरपूर फाइदा लिन आह्वान गरेका छन्।