१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ३० मंगलबार १४:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘वाङ’लाई फलफूल व्यापारीका रूपमा चिन्थेँ, सुनसँग हाम्रो सहकार्य छैन : महरा [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार १४:२१:oo

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले केही दिनदेखि पत्रपत्रिकामा प्रकाशित समाचारमा आफूलाई सुन प्रकरणमा जोडेको घटनाबाट आफू अचम्मित भएको बताएका छन्। 

गत १० पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएपछि महराले मंगलबार दाङमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्। 

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद भएको घटनापछि विभिन्न समयमा भएका सुन तस्करीलाई लिएर अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको छ। 

नेता महराले ‘वाङ’ भन्ने चिनियाँ नागरिकसँग १०–१५ वर्षदेखि चिनजान भएको र सोही आधारमा भेपको सामान भन्सारमा रोकिएको बताएपछि छुटाइदिन मद्दत मागेपछि सहयोग गरेको बताए। महराका अनुसार ती व्यक्ति फलफूल व्यापारी हुन्। उनी वेला–वेला रोल्पा, दाङसमेत पुग्ने गरेका थिए। सोही आधारमा महराको चिनजान भएको थियो। 

‘मैले इलिगल होला पनि भनेँ। तर, उनले होइन भनेपछि  भन्सारका साथीहरूसँग कुरा गरेर रोक्नुपर्ने हो भने रोक्नु। छोड्न मिल्ने हो भने छोड्नु। लिलाम गर्ने हो भने पनि गर्नु। जे गर्ने कानुनअनुसार काम गर्नुहोला। भनेर भनेको हुँ,’ त्यसमा सुनको ‘स’ पनि छैन,’ उनले भने ‘बाहिर मिडियामा आएजस्तो मेरो टेलिफोन भएको होइन। छोराले टेलिफोन गरेको हो भने पनि सुनसँग हाम्रो सहकार्य छैन, सुनको ‘स’ पनि छैन।’

महराले आफू १०/१५ वर्षदेखि लगातार सरकारमा रहेको र विगतमा जेल पर्दा जेलमै भएका एक प्रहरी अधिकृत चिनजान भएकाे आधारमा ती अधिकृतलाई भेटेर कानुनअनुसार गर्नु भनेको स्विकारे।

उनले वामपन्थी एकता हुन नदिन आफूमाथि षड्यन्त्र भएको हुन सक्ने आशंकासमेत व्यक्त गरे। महराले आफूले सबै वामपन्थी शक्तिहरू एक बनाउनका लागि सन्तुलनको भूमिका खेल्दा प्रहार भएको हुन सक्ने बताए। 

‘मलाई लागेको चाहिँ के छ भने म एग्रेसिभ मान्छे होइन, म सन्तुलन गर्ने मान्छे हुँ। म सकेसम्म सबै वामपन्थीहरू, सबै माओवादीहरू एकता होस् । यो देशका राष्ट्रिय शक्तिहरू एकठाउँमा भइदिए देशको विकास हुन्थ्यो भन्ने चाहना राख्ने मान्छे हो,’ उनले भने, ‘मेरो यो चाहनाबीच कसैले यो चाहना नराखेको पनि हुन सक्छ। यही हो कि त भन्ने मलाई आशंका छ। यो कुनै कुनै व्यक्ति, कुनै पनि शक्ति, पार्टीप्रति लक्षित पनि छैन। प्रमाण पनि छैन।’ 

नेता महराले सुन तस्करी प्रकरणमा आफूमाथि प्रश्न उठेकाले अनुसन्धानलाई सहयोग गर्ने बताए।