१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बिपी राजमार्गछेवैमा पहिलोपटक केन्द्रीय विद्युत् जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३९:oo

काभ्रेको रोशी गाउँपालिका– ११ राष्ट्रिय राजमार्ग बिपी राजमार्गसँग जोडिएको वडा हो। तैपनि केन्द्रीय प्रसारणको विद्युत् भने भर्खरै मात्र पुगेको छ। राजधानीबाट नजिकै रहेको जिल्लाको यो वडा सोमबारदेखि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो।

सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारणलाइनको एमसिबी बक्समा स्विच अन गरेर शुभारम्भ गरेका छन्। सो वडामा केही समयअगाडि ३८ घरमा लाइन जोडिएको थियो भने अहिले एक सय ३५ घरधुरीमा जडान गरिएको छ। उक्त वडाको कालढुंगा, करमडाँडा, रातमाटा, डालाबेँसी र बुलढुंगाका घरहरूमा केन्द्रीय प्रसारणलाइन जडान गरेको हो।

वडामा आठ सय घरधुरीमा केन्द्रीय प्रसारणलाइन नभएकोमा एक सय ७३ घरधुरीमा जोडिएको छ । अन्य घरधुरीमा छिट्टै नै लाइन जोडिने गाउँपालिका अध्यक्ष लामाले बताए । यसभन्दा पहिला सो घरधुरीमा लघुजलविद्युतबाट बिजुली बाल्दै आएका थिए।

केन्द्रीय प्रसारणलाइन जडान भएपछि स्थानीय खुसी भएका छन्। राष्ट्रिय प्रसारणलाइन जडान हुँदा दिनरातै विद्युत् आउने भन्दै स्थानीय खुसी भएका हुन् । ‘अब त राष्ट्रिय लाइन आयो। हामी केही उद्यम गर्नलाई सहज हुने भयो,’ रोशी– ११ का एक स्थानीयले भने, ‘केही नगरी गर्मीमा सुतेरै बस्छु भन्दा पनि पंखा चलाएर मज्जाले सुत्न पाइयो नि।’

केन्द्रीय प्रसारणलाइन जडानका लागि पाँच करोडमा ठेक्का लागेको भए पनि शाखा लाइनका लागि तीन करोड खर्च भएको छ। उक्त प्रसारणलाइन जडान कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिनलगायतको उपस्थिति रहेको थियो।

ad
ad