१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योग धमाधम बन्द हुँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:१६:oo

आर्थिक मन्दीको प्रभाव घरेलु तथा साना उद्योगमा पनि परेको छ । गत आर्थिक वर्ष ०७९/८० मा आर्थिक मन्दीका कारण धनुषामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालय धनुषाको अनुसार गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ एक गरी ७१ वटा उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिक रूपमा उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण गर्न नसकेका ७१ वटा उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोरीशरण यादवले बताए ।

कोभिड– १९ को असर, बैंकको ब्याजदरमा वृद्धि हुनु, आर्थिक तरलताजस्ता कारण देखाउँदै उद्योग तथा वाणिज्यतर्फका फर्म बन्द हुने क्रम बढ्दै गएको उनले बताए । धनुषा जिल्लामा साना उद्योग ५३६, लघु उद्योग पाँच सय ९१ र घरेलु उद्योग एक गरी एक हजार ९८ उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगबाट महिला पुरुष गरी ६ हजार नौ सय ३० कामदार प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् ।

आर्थिक वर्ष ०७९/८० मा दर्ता भएका उद्योगमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ५१ र घरेलु उद्योग एक गरी एक हजार एक सय २८ वटा उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । ती सञ्चालनमा रहेका उद्योगको स्थिर र चालू पुँजी तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रुपैयाँ रहेका छन् । हाल १७ हजार पाँच सयवटा उद्योग सञ्चालनमा रहेका छन् । सो कार्यालयले सोही आर्थिक वर्षमा उद्योगतर्फ ४४ लाख ७५ हजार तीन सय ७५ रुपैयाँ र वाणिज्यतर्फ ७४ लाख २३ हजार तीन सय २५ रुपैयाँ गरी जम्मा एक करोड १९ लाख ९८ हजार सात सय नवीकरण लगतकट्टा प्रतिलिपिबापत सो रकम उठाएको नासु मुकेश कर्णले बताए ।

यसरी व्यवसाय बन्द भएपछि अहिले जनकपुरधाममा व्यावसायिक सटर खाली गरी व्यापारी अन्यत्र पलायन भएका छन् । यी घरेलु तथा साना उद्योग बन्द हुँदा करिब पाँच हजार कामदार बेरोजगार भएको प्रमुख यादवले बताए ।

ad
ad