१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेको सबै प्रदेशको अधिवेशन कार्यतालिका सार्वजनिक

युवाहरुलाई १० देखि ३३ प्रतिशत अलग्गै कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:१३:oo

नेकपा एमालेले भदौ तेस्रो साताबाट सबै प्रदेशहरूको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय सचिवालयको सोमबारको बैठकले प्रदेशहरूले प्रस्ताव गरेको अधिवेशन कार्यतालिका पारित गरेको हो। जसअनुसार १६ र १७ भदौमा लुम्बिनी प्रदेशबाट सुरु हुने गैरभौगोलिकसहित आठवटा प्रदेशको अधिवेशन २१ र २२ असोजमा सुदूरपश्चिम प्रदेश पुगेर सकिनेछ।

एक महिनाभित्र एमालेले सबै प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नेछ। अहिलेसम्म तदर्थ कमिटीले काम गर्दै आएकाले सबै प्रदेशहरूले प्रथम अधिवेशन आयोजना गर्ने गरी तयारीको कामलाई तीव्रता दिइरहेका छन्।

पारित कार्यतालिकाअनुसार ५ र ६ असोजमा मधेस प्रदेश, बागमतीमा ८ र ९ असोज तथा कर्णालीमा १० र ११ असोजमा अधिवेशन गरिनेछ। त्यस्तै, कोसीमा १२ र १३ असोज, गण्डकीमा १५ र १६ असोज, उपत्यका विशेष प्रदेशमा १९ र २० असोज तथा सुदूरपश्चिम प्रदेशमा २१ र २२ असोजमा अधिवेशन सम्पन्न हुनेछ। 

प्रदेशका लागि पालिका कमिटीहरूबाट महिला र दलित अनिवार्य हुने गरी प्रतिनिधि छनोट गर्ने एमालेको निर्णय छ।

त्यस्तै, टोल र वडा कमिटीहरूमा कुल संख्याको कम्तीमा एकतिहाइ १६ देखि ४० वर्षभित्रका युवा अनिवार्य रहेको कमिटी बनाउने, पालिका कमिटीमा कम्तीमा २० प्रतिशत युवाहरूको प्रतिनिधित्व गराउने निर्णय गरेको छ। जिल्लामा १५ र प्रदेश कमिटीहरूमा कम्तीमा १० प्रतिशत युवाहरूलाई समेट्ने बैठकको निर्णय छ।

 

ad
ad