१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

युवालाई आकर्षित गर्न कांग्रेसको ‘पोलिसी ह्याकाथन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o२:oo

अर्थतन्त्र र जलवायुबारेका उत्कृष्ट आइडियालाई कांग्रेसले नीति–निर्माणमा उपयोग गर्ने 

युवालाई आकर्षित गर्न कांग्रेसले ‘पोलिसी ह्याकाथन’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर शनिबार ह्याकाथन घोषणा गरेको हो । कांग्रेस सहमहामन्त्री जीवन परियारले नीति निर्माण प्रक्रियामा युवा सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । 

ह्याकाथनमा अर्थतन्त्र र जलवायुसम्बन्धी मुद्दा गरी दुई विषय तोकिएका छन् । सहभागी समूहले यी विषयमा नीतिगत मुद्दाको पहिचान, सम्बोधन र नवीन समाधानको खोजी र विचार मन्थन गर्नुपर्नेछ । ‘युवाहरूलाई नीति–निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गर्न अपरिहार्य छ । युवा र नीति–निर्माण प्रक्रियाबीचको खाडल हटाउन कांग्रेसले पोलिसी ह्याकाथन आयोजना गर्दै छ । यो पोलिसी ह्याकाथन युवाहरूको ऊर्जा, रचनात्मकता र अन्तरदृष्टि ग्रहण गर्ने संयन्त्र हो,’ परियारले भने, ‘ह्याकाथनमा अर्थतन्त्र र जलवायुसम्बन्धी मुद्दामा रहनेछन् । सहभागीले उठान गरेका विषयका अवस्था विश्लेषण, नीतिगत समस्या र चुनौती, समाधानका उत्कृष्ट उपाय समावेश गर्नुपर्नेछ ।’

२ देखि १० साउनसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयले पेस गरेको क्यालेन्डरअनुसार अन्तर्राष्ट्रिय युवा दिवसमा ह्याकाथन आयोजना गरेको हो । प्रतियोगिताका लागि शनिबारबाट आवेदन खुला गरिएको उनले जानकारी दिए । प्रतियोगितामा देश तथा विदेशमा रहेका ४० वर्ष उमेर समूहसम्मका नेपाली नागरिकले समूहगत रूपमा सहभागी हुन पाउँछन् । एक समूहमा तीनदेखि पाँचजनासम्मको टोलीले भाग लिन पाउनेछन् । तीनदेखि पाँच हजार शब्दको नीतिपत्र प्रस्तुत गर्नुपर्नेछ ।

प्रतियोगिताका लागि शनिबारबाट आवेदन खुल्ला भएको छ । आवेदन ३ भदौ दिउँसो १ बजेसम्म खुल्ला रहनेछ । ५ भदौमा उत्कृष्ट अवधारणा प्रस्तुत गर्ने १० टोली छनोट गरिनेछ । ९ भदौमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा फाइनल कार्यक्रम हुनेछ । प्रतियोगिताका दुई चरणमा सम्पन्न हुनेछन् । छनोट भएका समूहले लिखित नीतिपत्रमा आधारित प्रस्तुति दिनुपर्नेछ । निर्णायक मण्डलको निर्णयका आधारमा विजेता घोषणा हुनेछन् । उत्कृष्ट पहिलोलाई तीन लाख, दोस्रो समूहलाई डेढ लाख र तेस्रो उत्कृष्टलाई पुरस्कार ५० हजार पुरस्कार राखिएको छ । उत्कृष्ट तीन नीतिपत्रलाई कांग्रेसले पार्टीभित्र छलफलको रूपमा प्रस्तुत गर्नेछ । यी आइडियालाई कांग्रेसले नीति–निर्माणका क्रममा उपयोग गरेर जाने जनाएको छ । 

स्वास्थ्य र शिक्षामा सहज पहुँच हुनुपर्छ : महामन्त्री थापा 
भक्तपुर/
कांग्रेस महामन्त्री गगन थापाले स्वास्थ्य र शिक्षा जनताको सहज पहुँचमा हुनुपर्ने बताएका छन् । शनिबार कांग्रेस पूर्वनेता तथा शिक्षासेवी स्व. श्यामबहादुर कार्कीको १६औँ स्मृति दिवसका अवसरमा बालकोटमा आयोजित खुला रक्तदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरा जनताको सहज पहुँचमा हुनुपर्छ,’ उनले भने । महामन्त्री थापाले कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

ad
ad