Skip This
यसरी गरौँ सानो क्षेत्रफलमा बगैँचाको व्यवस्थापन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २५ बिहीबार ११:o४:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी गरौँ सानो क्षेत्रफलमा बगैँचाको व्यवस्थापन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार ११:o४:oo

काठमाडौंलगायत सहरी क्षेत्रमा बगैँचा बनाउनका लागि पर्याप्त जमिनको कमी हुन सक्छ । यस्तोमा तपाईंले आफ्नो सानो स्पेस, घरको कौसी वा बरन्डामा पनि गमलामा फूल रोप्न सक्नुहुन्छ । तर, जहाँ रोपे पनि तपाईंले बिरुवालाई राम्रोसँग हुर्कने वातावरण दिनुपर्छ ।

यसका लागि गमला वा ग्रो ब्यागमा लगाइएको माटोलाई अनुकूल वातावरण हुने ठाउँ चयन गर्नुस् । सकभर दैनिक पाँचदेखि ६ घन्टासम्म घाम लाग्ने तथा बिरुवालाई पर्याप्त मात्रामा पानी उपलब्ध हुने स्थान छनोट गर्नुपर्छ । यसो हुँदा बिरुवा चाँडै हुर्कन्छ ।

अर्काे, चिसो मौसम भएकाले तुसारो पर्छ । तुसारोका कारण बिरुवालाई हुर्कन सक्दैन । त्यसैले बिरुवालाई तुसारोले नखाने ठाउँमा गमला राख्नुपर्छ । यस्तै, बिरुवावरपर चारैतर्फ पर्याप्त खाली स्पेस राख्न सके गमलामा पानी हाल्न पनि सजिलो हुन्छ । गमलाको बिरुवालाई तेज हावा र गर्मीको समयमा तीव्र प्रकाशबाट पनि बचाउनुपर्ने हुन्छ । किनकि, तेज हावा र तीव्र प्रकाशले बिरुवालाई नष्ट गरिदिन सक्छन् । 

राम्रो बिउ छान्नुस् 
ठाउँको चयन गरिसकेपछि तपाईंले राम्रो बिउको छनोट गर्नुपर्छ । जसकारण, तपाईंलाई भविष्यमा राम्रो र स्वस्थ बिरुवा प्राप्त होस् । आफ्नो नजिकको नर्सरी वा बिउ पसलमा गएर राम्रो बिउ वा बिरुवा छनोट गर्न सक्नुहुन्छ । त्यस्तै, राम्रो गमलाको पनि छनोट गर्नुपर्छ । बजारमा सेरामिक, प्लास्टिक र माटोको गमला पाइन्छ । बिरुवाअनुसार तपाईंले गमला छान्दा राम्रो हुन्छ । सकभर ग्रो ब्यागमा फूल नरोप्नु राम्रो हुन्छ । ग्रो ब्याग तरकारी रोप्नका लागि उपयुक्त हुन्छ । बजारमा सस्तो मूल्यमा पनि बलियो, आकर्षक र विभिन्न डिजाइनका गमला पाइन्छन् । 

माटोको छनोट 
यसपछि माटोको छनोट गर्नुस् । उर्वराशक्ति धेरै भएको माटो गमलामा हालियो भने बिरुवा चाँडै हुर्कन्छ । कतिपय बिरुवा कडा माटोमा फैलन सक्दैन । बिरुवालाई हुर्कन माटो मलिलो हुनुपर्छ । त्यसका लागि माटोमा ४० प्रतिशत कोकोपिट (नरिवलको जुटको धुलोबाट बनाइएको) र २० प्रतिशत कम्पोस्ट मल मिसाउँदा खुकुलो बन्छ र बिरुवा फैलिन्छ । त्यस्तै, घरमै राम्रो माटो छानेर त्यसमा अर्गानिक मल मिसाउन पनि सकिन्छ ।