Skip This
विष खुवाएर छोरीको हत्या प्रयास 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २६ बुधबार o८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विष खुवाएर छोरीको हत्या प्रयास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:३४:oo

साथीको घरमा गएर आफ्नो बेइज्जत गरेको भन्दै सुनसरीमा एक बाबुले आफ्नै युवती छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयास गरेका छन् । इलाका प्रहरी दुहबीका अनुसार सुनसरीको बर्जु गाउँपालिका– २ का ५० वर्षीय अर्जुन कामतले अर्काको घरमा गएर आफ्नो बेइज्जत गर्ने गरेको भन्दै मंगलबार साँझ कीटनाशक विषादी जबर्जस्ती खुवाएर २० वर्षीया छोरी राधिकाको हत्या प्रयास गरेका हुन् । 

प्रहरीले अर्जुनलाई पक्राउ गरेको छ । राधिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । इप्रका दुहबीका इन्स्पेक्टर बुद्धिकुमार चौलागाईंका अनुसार रक्सी खाएर आएका अर्जुनले मंगलबार साँझ जबर्जस्ती कीटनाशक विषादी खुवाएपछि राधिका बेहोस भएकी थिइन् ।

उनलाई छिमेकीले मंगलबार राति नै उपचारका लागि अस्पताल पुर्‍याएका थिए । छिमेकीका अनुसार सधैँ रक्सी सेवन गर्ने अर्जुनले श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने गरेका छन् । कुटपिटबाट जोगिन ठूली छोरी राधिका साथीको घरमा गएर बस्ने गरेकी थिइन् ।

ad
ad