१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण २३ मंगलबार o८:२१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण एसियाका ४६ करोड बालबालिका गर्मीको चपेटामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार o८:२१:oo

संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीनचौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रम सामना गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ)ले यस क्षेत्रका करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको चपेटामा परेका जनाएको हो । 

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भने, ‘विश्व नै जलवायु परिवर्तनको नकारात्मक असरबाट प्रभावित भइरहेको अवस्थामा तथ्यांकले दक्षिण एसियाका लाखौँ बालबालिकाको जीवन र कल्याणलाई गर्मी र उच्च तापक्रमका कारण खतरामा पारेको स्पष्ट देखाउँछ ।’

संयुक्त राष्ट्रसंघले अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको ‘उच्च जोखिममा’ रहेको चेतावनी दिएको छ र एक वर्षमा ८३ वा सोभन्दा बढी दिन अत्यधिक उच्च तापक्रमलाई ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढी हुने अवस्थाको रूपमा परिभाषित गरेको छ । बच्चाहरू तापमान परिवर्तनका लागि छिटो अनुकूलन गर्न सक्दैनन्, उनीहरू शरीरबाट अतिरिक्त गर्मी हटाउन सक्षम हुँदैनन् । 

‘साना बालबालिकाले गर्मी सहन सक्दैनन्,’ विजसेकेराले भने, ‘हामीले अहिले नै कदम नचालेमा यी बालबालिकाले आगामी वर्षमा अझ बढी बारम्बार र अझ तीव्र गर्मीको सामना गर्नुपर्नेछ ।’ सन् १८०० को दशकको उत्तरार्धदेखि लगभग १.२ डिग्री सेल्सियसको विश्वव्यापी तापक्रम वृद्धि, जीवाश्म इन्धनको जलनद्वारा सञ्चालित हुने उद्योग तथा कलकारखाना र मोटर तथा मेसिनसम्बन्धी प्रयोगले बारम्बार गर्मीको तरंगलाई तातो, लामो र अधिक बनाएको छ । साथै, तापक्रम वृद्धिले आँधीबेहरी र चरम मौसमी गतिविधिलाई तीव्र बनाएको छ । 

युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दसौँ लाख मानिसलाई प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो । वैज्ञानिकका अनुसार विश्वले पहिले नै उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभावको अनुकूलन गर्न आवश्यक छ ।