१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Friday, 28 June, 2024
२o८o श्रावण २२ सोमबार १६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

अलैँचीको भाउ बढेपछि किसान हर्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १६:४१:oo

पूर्वी पहाडी जिल्लाहरूमा अलैँचीको मूल्य बढेको छ। बर्सेनि ओरालो लागेको अलैँचीको मूल्य पछिल्लो चार वर्षयताकै उच्च विन्दुमा पुगेपछि किसान हर्षित भएका छन्।

आइतबार अलैँची प्रतिमन (४० किलो)को ५५ देखि ६० हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताए। जिल्लामा भदौको पहिलो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजारमा निस्कन थाल्छ। बजारमा निस्कनुभन्दा अघि नै अलैँचीको मूल्यमा वृद्धि भएपछि किसान खुसी छन्।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र मागअनुसार किसान तथा व्यापारीसँग अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष रेग्मीले बताए।

यस वर्ष भाउ बढे पनि हिउँदमा पर्याप्त वर्षा नभएको र रोगका कारण बोट मरेपछि अलैँची उत्पादन घट्ने सम्भावना रहेको उनको भनाइ छ। ताप्लेजुङमा चार हजार पाँच सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ।

ad
ad
ad
ad