मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
सौरभ यादव राजविराज
२०८० श्रावण २१ आइतबार १२:४९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

राजविराज नगरपालिकाले चलायो अवैध संरचनामा डोजर

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० श्रावण २१ आइतबार १२:४९:००

सप्तरीको राजविराज नगरपालिकाले हुलाकी राजमार्ग क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ।

नगरपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने हुलाकी राजमार्गको क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनाहरू आइतबार बिहानदेखि डोजर लगाएर नगरपालिकाले हटाउन थालेको हो।

नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविणले अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना गरिए पनि नहटाएपछि डोजर लगाएर भत्काउनुपरेको बताइन्। बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा नगरप्रमुख परविणको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र सफाइकर्मीहरू अतिक्रमित संरचना हटाउने कार्यमा जुटेका छन्।

यसअघि नगरपालिकाले राजविराजको हटियामा रहेको अतिक्रमित संरचनामा पनि डोजर लगाएको थियो।