१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Friday, 09 May, 2025
अरुण प्रवेशमार्ग जाने खाँदबारी–४ स्थित छयाङकुटीडाँडा । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२o८o श्रावण १७ बुधबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरुण तेस्रो प्रवेशमार्गकाे मुआब्जा माग गर्दै सडक बन्द गर्ने चेतावनी 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १७:o६:oo

संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह पुखुवा जाने सडकखण्ड मुआब्जा नदिए बन्द गर्ने चेतावनी दिएको छ।

अरुण तेस्रो प्रवेशमार्गअन्तर्गत खाँदबारी–४ को छयाङ्कुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत् गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै जग्गाधनीहरूले सडक बन्द गर्ने चेतावनी दिएको हो। 

बुधबार अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै मुआब्जा रकम तत्काल निकासा नभए आगामी भदौ १ गतेबाट प्रवेशमार्ग र पावर हाउसका काम बन्द गरिने उल्लेख गरेका छन्। 

२०८० वैशाख २६ गते छयाङ्कुटी–दिदिङ सडक खण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो। 

पहिलो चरणमा ४५४ रोपनीको जम्मा रु ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीको लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो। उक्त रकम आजको मिति सम्म नआएकोमा सम्बन्धित सरोकारवालालाई जानकारी गराउँदै विज्ञप्ति जारी गरिएको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए। उनले स्थानीय जग्गाधनीलाई दिने भनेर निर्धारण भइसकेको मुआब्जा रकम किन रोकियो भन्दै प्रश्न गरे। 

अरुण तेस्रो आयोजनामा स्थानीयहरूले निकै असन्तुष्टि जनाउँदै आएका छन्। सोही विद्युत् गृहदेखि सिराहाको ढल्केबरसम्म लैजाने प्रसारण लाइनको मुआब्जा कम भएको भन्दै स्थानीयहरूसमेत आन्दोलित छन्। अरुण तेस्रो आयोजनाको काम भारतीय कम्पनी सतलन एसजेभिएनले गरिरहेको छ।