१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १३:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चन्द्रागिरि हिल्सको १४औँ वार्षिकोत्सव सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:५३:oo

चन्द्रागिरि हिल्स लिमिटेडले १४औँ वार्षिक उत्सव मनाएको छ। कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरूको मुख्य आतिथ्यतामा साउन १४ गते कम्पनीको व्यवस्थापक समूहले एकदिने कार्यक्रम सञ्चालन गरेको हो।

उक्त वार्षिकाेत्सव समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरूमध्येबाट उत्कृष्ट हुने विजेता तथा उपविजेतालाई कम्पनीका अध्यक्षले प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए। त्यसैगरी सोही अवसरमा कम्पनीमा पाँच वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधिभरिमा सबैभन्दा राम्रो कार्य गरी उदाहरणीय बनेका चार कर्मचारीलाई प्रमाणपत्र, चाँदीको लकेट, एक रातका लागि परिवारसहित निःशुल्क रिसोर्ट बस्ने भौचर कुपनसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।

तोकिएको जिम्मेवारीअनुसारको काम गर्न सफल एक्जुकेटिभ तहका दुई कर्मचारीलाई समेत प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई सम्मान गरिएको थियो। अध्यक्ष ढकालको अध्यक्षता एवं कम्पनीसचिव झलकराज शर्माले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका महाप्रबन्धकबाट स्वागत मन्तव्य दिनुका साथै सञ्चालक समितिका सदस्यहरूको तर्फबाट शुभकामना मन्तव्य दिइएको थियो।

ad
ad