मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Wednesday, 05 February, 2025
गणेश लम्साल विराटनगर
२o८o श्रावण १७ बुधबार १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु नियन्त्रण अभियान सञ्चालन गर्दै विराटनगर महानगर

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १३:o७:oo

डेंगु संक्रमण बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सबै वडाहरूमा रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ। १९ साउन शुक्रबारदेखि आफ्ना १९ वटै वडाहरूमा डेंगु रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गर्ने महानगरले तयारी गरेको हो।

विराटनगर महानगरकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले डेंगुको संक्रमण हुन नदिन ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी हुने भएकाले शुक्रबारदेखि सबै वडामा सामाजिक संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल संगठन, राजनीतिक दललगायतको  सहभागितामा संयुक्त अभियान सुरु गरिने बताइन् । उनका अनुसार अभियानमा सबै वडाका घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गरिनेछ।

महानगरका सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेतले औषधि छर्किंदा मानवीय स्वास्थ्यमा असर पर्ने भएकाले ‘खोज र नष्ट गर’ अभियान नै प्रभावकारी हुने भएकाले संयुक्त रूपमा सञ्चालन गर्न लागिएको बताए।

स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार हाल विराटनगरमा हजारजना डेंगुबाट संक्रमित भइसकेका छन् । तर, हालसम्म कसैको पनि मृत्यु भएको छैन। विराटनगर महानगरपालिकाले कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, रानी स्वास्थ्य केन्द्र र बैजनाथपुर स्वास्थ्य केन्द्रमा डेंगुको निःशुल्क चेकजाँचको व्यवस्था मिलाएको छ।

बढ्दो डेंगु संक्रमण नियन्त्रण गराउन विराटनगर महानगरपालिकाले  स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम दिइसकेको छ।