Skip This
प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको विज्ञमा क्यान महासचिव अधिकारी मनोनीत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको विज्ञमा क्यान महासचिव अधिकारी मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:३९:oo

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको यो कार्यालयले रचना दर्ताअन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेस भएका कागजातलगायतको अध्ययन तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको हो।

सफ्टवेयरका सोर्सकोर्ड, आइडिया, प्रडक्टलगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेस गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा अधिकारीले सहजीकरण गर्नेछन्।

सूचना प्रविधिसम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यससम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकारलाई कानुनी रूपमा सुरक्षित गर्न मद्दत गर्ने उनले बताए। साथै आइटी क्षेत्रमा अनधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताहरूको अधिकार संरक्षण तथा  उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उनले उल्लेख गरे।

ad
ad