१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास– ५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । 

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । 

श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

ad
ad