१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १३:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नारीलाई लक्षित गर्दै आइएमई पेले ल्यायो ‘प्रिटी उत्सव’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १३:५४:oo

आइएमई पेले साउनमा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ। साउनको दोस्रो सोमबार अर्थात् साउन ८ देखि सुरु भएको सो अफर साउन ३२ गतेसम्म चल्नेछ।

यस अफरमा जित्ने प्रत्येक विजेतालाई ‘प्रिटी क्लिक’को पाँच हजार रुपैयाँको भौचर प्रदान गरिने कम्पनीले जनाएको छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने बताइएको छ।

अफर अवधिभर प्रत्येक पाँच दिनपश्चात् गोलाप्रथामार्फत दुईजना विजेता छनौट गरिनेछ। विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत घोषित गरिने कम्पनीले जनाएको छ। सेवाग्राहीले जुनसुकै क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

विजेताहरूले ‘प्रिटी क्लिक’मा गएर सो भौचरको प्रयोग गर्न सक्नेछन्। यो अफर आइएमई पेको महिला सेवाग्राहीका लागि मात्र मान्य हुनेछ।